देश नयाँ राष्ट्रिय एकताको प्रक्रियामा छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं | माघ ८, २०७९

देश नयाँ राष्ट्रिय एकताको प्रक्रियामा छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं:  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ संविधान अन्तर्गत अहिले देश नयाँ राष्ट्रिय एकताको प्रक्रियामा रहेको बताउनुभएको छ।


 आइतबार २८५९ औं सोनाम ल्होछार पर्वको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र भएको र यी सबै राष्ट्रिय संस्कृति, पर्वको समुच्चमा नै नेपालको राष्ट्रिय संस्कृति रहेको बताउनुभयो। 


प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र हो। यी राष्ट्रिय संस्कृतिको पर्व नै नेपालका राष्ट्रिय संस्कृति हुन्। विगतमा नेपालमा एउटै जात, भाषा, संस्कृतको वर्चश्व कायम गर्ने र नेपालको इतिहासमा परापूर्वकालदेखि विकसित हुँदै आएको राष्ट्रियता, राष्ट्रिय संस्कृति, भाषालाई कही न कही विभेद र दमन गर्ने प्रक्रिया थियो। यही ल्होछार पर्व पनि विशाल रुपमा मनाउने वातावरण थिएन। तर अहिले त्यो छैन।”


उहाँले ठूलो संघर्ष र बलिदानपछि नयाँ संविधानले नयाँ राष्ट्रिय एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्नुभभयो। “लामो संघर्ष र बलिदानपछि उत्पीडित जाति, समुदायको हक, अधिकारका लागि ठूलै संघर्ष र बलिदानपछि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा समानुपातिक र समावेशीको मान्यता  अनुसार हामी नयाँ राष्ट्रिय एकताको प्रक्रियामा छौं”, प्रधानमन्त्रीले भन्नुभयो।


उहाँले ल्होछार तामाङको मात्र पर्व नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्व भएको बताउनुभयो। उहाँ भन्नुभयो, “तपाईंहरुको संस्कृति र परम्परा नेपालमा मात्र होइन, संसरका धेरै देशमा यसलाई मान्ने गर्छन्। तामाङको राष्ट्रिय पर्व त हुँदै हो, हामी नेपालीको पनि महान् राष्ट्रिय पर्व  हो। अन्तर्राष्ट्रिय पर्वको रुपमा पनि विश्वविख्यात छ। यसलाई यही रुपमा आत्मसात् गर्न तपाईंहरु समक्ष अपिल गर्दछु।”


प्रधनमन्त्री प्रचण्डले नेपालका राष्ट्रिय संस्कृतिमा वैदेशिक सांस्कृतिक हस्तक्षेप बढ्दै गएकोसमेत बताउनुभयो छ। उहाँले भन्नुभयो, “नेपालभित्रै भएका भाषा, संस्कृतिका जातजातिभित्र दमन गर्ने प्रक्रिया बढ्दै गएको छ। अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, दबाबद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई प्रवर्द्धन गर्न नदिने चेष्टा भइरहेको छ।” राम्रा संस्कार र परम्परालाई विकसित गर्नु सबैको दायित्व भएको उहाँको भनाइ छ। 


यसैगरी, उहाँले नेपाल सरकारको तर्फबाट छिट्टै नेपाल टेलिभिजनमार्फत् तामाङ भाषाको कार्यक्रमका लागि बजेट विनियोजन गर्नेसमेत जानकारी गराउनुभएको छ। 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्